काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलन नरोकिएको र यसले छिट्टै सफलता प्राप्त गर्ने बताएकाे छ । नवराज सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा नै फर्किन खोजेपछि जनआन्दोलन समितिलाई अहिलेसम्मको भूमिकाका लागि धन्यवाद दिँदै समिति प्रवक्ता स्वागत नेपालले यस्ताे बताएका हुन् । 'समितिका संयोजक ज्युलाई सबैका साझा व्यक्तित्वका रुपमा उहाँले पार्टीको आबद्धता परित्याग…