मनहरी (मकवानपुर) । बागमती प्रदेशसभाको अधिवेशन आगामी माघ १८ गते शुक्रबारका लागि आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेशसभाको १५औँ अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेशप्रमुख देवकोटाले प्रदेशसभा बैठक आह्वान गर्नेछन् ।…