काठमाडौँ। जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेका छन् ।उपमहानगरपालिकाका उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरुले मंगलबार पेन डाउन गरेका छन् । हिजो सोमबार घटस्थापनाको दिन प्रत्येक वर्ष झैं उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो । सो यात्राबाट फर्केर आएका महिला कर्मचारीसहित उपमहानगरपालिकका अन्य कर्मचारीहरु पालिका प्राङ्गनमा निर्माण गरिएको टेन्टमुनि आराम गरिरहेको बेला…