काठमाडौँ। एक हजार रुपैयाँ नदिएको निहुँमा विराटनगर महानगरपालिका–९ धोबियारीमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी छिन् । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । पारिवारिक स्रोतका अनुसार, घटनाको…