मलंगवा । सर्लाहीमा दश किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका–११ बाहुनीटोल निवासी २१ वर्षीय सोम तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई बिहीबार राति जिल्लाको लालबन्दी नगरपालिका–१२ पत्थरकोटदेखि जियाजोरतर्फ जाने सडकखण्डबाट गाँजासहित पक्राउ गरिएको हो । उक्त स्थानमा उनले चलाएको बा ४७ प ८६६४ नम्बरको…