काठमाडौँ । पशुपतिनाथको प्रचार-प्रसार र आध्यात्मिक पर्यटन विस्तारका उद्देश्यले काठमाडौँमा वृहत् पाशुपत पदयात्रा आयोजना गरिने भएको छ। तनहुँको देवघाटस्थित महेश-संन्यास आश्रमले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै चैत १५ गतेदेखि ४० दिन लामो राष्ट्रव्यापी पाशुपत परिक्रमा सुरु हुने बताएका छन्। आयोजक संस्थाका अनुसार पदयात्राका क्रममा देशभरका ६३ सिद्ध स्थल पैदल यात्रा गरेर दर्शन गरिनेछ। चैत १५…