नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं ठमेलस्थित भियाना होटेलमा छापा मारेको छ । हुण्डी कारोबारको आशंकामा सीआईबीले मंगलबार छापा मारेको हो । जसमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका चिनियाँ मुलका बेल्जिम नागरिक दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको पाइएको छ ।…