काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले ठोस् कूटनीतिक पहलमार्फत छिमेकी देशसँगको सीमा समस्यालाई जतिसक्दो छिटो पार लगाउनुपर्ने धारणा राखेका छन्। त्रिभुवन विश्वविद्यालयको उपलकुलपति कार्यालयमा आज आयोजित कार्यक्रममा यसवर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कारबाट सम्मानित भएपछि उनले छिमेकी देशसँग नेपालको सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिए। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा केशरजङ बरालले उनलाई पुरस्कार प्रदान गरे। देशको सीमासम्बन्धी…