गल्याङ (स्याङ्जा)। स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गतका किसानले पशु बीमा गर्न समस्या हुने गरेको बताएका छन्। वालिङ–११ स्वरेक पृतिपका कृषक राजु पङ्गेनीले बाख्राको बीमा गर्न निकै कठिन भएको गुनासो गरेका हुन्। उनले राजेन्द्र भवानी नस्लसुधार बाख्रा फार्ममार्फत तीन वर्षदेखि उन्नत जात र स्थानीय जातका बाख्रा पाल्दै आएका छन्। व्यवसायबाट राम्रो आम्दानी हुने गरे पनि बाख्राको बीमा गर्न…