काठमाडौं । आम जनता पार्टीले घोषणा गरेको मधेस बन्द कार्यक्रम अन्तर्गत बन्द गराउन हिंडेका दर्जनाैं नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बन्द गराउँदै हिंड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६५ जना नेता–कार्यकर्तालाई धनुषाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिहीबार बिहानैदेखि आजपाका नेता कार्यकर्ताले जनकपुरलगायतका स्थानमा…