सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत चिनजान भई विभिन्न समयमा दुई जनाबीच भएको क्रियाकलापलाई तस्बिर तथा श्रव्यदृश्य सम्पादन गरी महिलाको चरित्र हत्या गर्ने चितवन रत्ननगर नगरपालिका वडा नं १० घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरी आज सार्वजनिक गरेको…