नेपालीलाई रुसी सेनामा भर्ती गराइदिन्छौं भन्दै ठगी गर्ने गिरोह रहेको आरोपमा पक्राउ गरिएका १२ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार छानबिनपछि विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा दीपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता…