महोत्तरी। महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् । यात्राको चौथो दिन महोत्तरी प्रवेश गर्ने यात्री मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनमा पाँच रात बस्नेछन् । ती स्थानमा बास, खाना, स्वास्थ्य सेवा…