ओखलढुंगामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्। छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोसी गाउँपालिका-८, च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो। एउटै साल एकै गाउँमा जन्मिएर ८३औँ वर्ष सहकार्य गरेका छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो। गोठबाट दूध लिएर घर फर्कंदै गरेका…