खलङ्गा। सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका आरोपित थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार राजेन्द्र डडाललाई मङ्गलबार साँझ नौगाडबाट पक्राउ गरिएको हो । घटनालगत्तै फरार रहेका डडाल भाग्ने क्रममा पक्राउ गरिएको उनले बताए। आरोपितमध्ये तीन जना अझै फरार रहेका छन्…