कञ्चनपुर। पाठेघरको मुखको क्यान्सर रोक्न कञ्चनपुरमा आजदेखि ‘एचपिभी’ खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका ५,६७८ जना छात्रा र किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ। अभियान फागुन १ गतेसम्म सञ्चालन हुनेछ । स्वास्थ्य कार्यालयका अधिकृत जनकबहादुर कुँवरका अनुसार यस वर्ष कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई…