ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई कुटपिट गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राई छन्। चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले शुक्रबार दिउँसो आफै निहुँ खोजी दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए। उनलाई सोही दिन पक्राउ गरी…