सिंहदरबारको अधिकार गाँउगाँउमा भन्ने सरकारको मूल नारालाई चुनौती दिँदै अझै पनि गाउँघरमा प्रवाह हुने सेवाहरु प्रभावकारी बन्न सकेका छैनन्। सानातिना समस्याले पनि ठूला समस्या खडा गरिदिँदा दुर्गम भेगका जनताले पाउने सास्ती घटेको छैन। मुगुको उतरपूर्वी भेगमा पर्ने मुगम कामारोङ्ग गाँउपालिकामा रहेका १,२,३,४ वडा कार्यालयमा ईन्टरनेट सेवा नहुँदा नागरिकहरुले जन्म,मृत्यू, बसाईसराई सेवा लिन १ दिन पैदल…