प्रहरीले लागूऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरीका हवल्दारलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सशस्त्र प्रहरीक कैलाली ४३ नं. रिजर्भ गण हेडक्वाटर बनबेहडामा कार्यरत प्रेमसिंह सुनार रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएका प्रहरी टोलीले टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार सुनार भारतीय बजार तीकुनियाँबाट टीकापुर आउँदै गरेका…