बैतडीमा शनिबार राति भूकम्प जाँदा घर बाहिर भाग्न लागेका व्यक्तिको लडेर मृत्यु भएको छ । भूकम्पको धक्का महसुस भएका बेला घरबाहिर निस्किँदा घरको सिडिबाट लडेर जिल्लाको डिलासैनी गाउँपालिका–१ सेल्तडाकाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो । भूकम्पको धक्का महसुस भएकै बेला आत्तिएर घर बाहिर निस्किन खोज्दा लडेर उनको मृत्यु भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश…