तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नपा-९ घुर्मीचाेकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनकाे शव फेला परेकाे हो । बुधबार अपरान्ह घरबाट प्र२-०१-००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उनी तरकारी किन्न मिर्चैया बजार गएका थिए । तर, आज साहको शव फेला परेपछि स्थानीयले प्रहरीलाई…