काठमाडाैं उपत्यकाको फोहोर व्यवस्थापनका लागि १८ बुँदे सहमित भएको छ। नुवाकोटको सिसडोलका बासिन्दाले यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति सहमति भएको हो। सहमतिअनुसार अब रातको समयमा मात्रै फोहोर फाल्ने भएको छ। सहमतिपत्रमा सरकार र महानगरले गर्नुपर्ने काम समय निर्धारण गरेर उल्लेख गरिएको…