कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने, मेयर शाह भन्छन्- नछुट्याएको फोहोर फर्काउँछौं

काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्याएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त जानकारी दिएका हुन् ।  ‘नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ,’ मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । …

Logo