काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट बन्द गरिने भएको छ । फोहोर फाल्न थालिएको १७ वर्षपछि सिसडोल ल्यान्डफिल्ड साइट बन्द गर्ने प्रक्रिया सुरु भएको छ । मंगलबारदेखि सिसडोल ल्यान्डफिल साइटको ‘पोस्ट क्लोजर’ का लागि प्रक्रिया सुरु गरिएको हो । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै उपत्यकाको फोहोर विसर्जन गर्न…