सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ बराम्चे घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका-६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१ वर्षीय दिपक लामा वाईबा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । दक्षिणकाली नगरपालिका-१ पावर हाउस नजिक बाग्मती…