राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औँ पटक रक्तदान गरेका छन् । सोमबार पुरानो वानेश्वर स्थित तारामण्डल महिला सशक्तीकरण अभियानले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुँदै अध्यक्ष लिङदेनले रक्तदान गरेका हुन् । विद्यार्थी जीवनदेखि नै रक्तदान कार्यक्रममा सहभागी हुँदै आएका लिङ्देनले भने ‘रगत भनेको अमूल्य चिज हो । त्यसमा पनि हाम्रो शरीरबाट यसै खेर…