देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। धनुषा, मोरङ, कास्की र सल्यानमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङको केराबारी नगरपालिका–८ मा मंगलबार बिहान ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टर चालक केराबारी नगरपालिका–१० का १९ वर्षीय पिलिज बिक रहेका छन्। कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार…