नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार उच्च अदालत पोखरामा पुनरावेदन दिन जान लागेका हुन् । पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस्…