कर्णाली राजमार्गअन्तर्गतको नाग्म गमगढी खण्डको ५२ किलोमिटर सडक ग्राभेल भएको छ । डिभिजन सडक कार्यालय जुम्लाले अलपत्र परेको तल्लो क्षेत्रको खण्ड ग्राभेल सकेको हो । डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले नाग्म गमगढी राजमार्गको ९३ किलोमिटर सडकको स्तरवृद्धि भइरहेको बताए । जुम्ला र कालिकोटको सीमा नाग्मदेखि हिमा गाउँपालिकासम्मको खण्डमा पनि काम भइरहेको छ ।…