निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ। सम्झौतासँगै यती एयरलाइन्स अबदेखि मञ्चको आधिकारिक एयरलाइन्स बनेको छ। यती एअरलाइन्सको कार्यालयमा शुक्रबार आयोजित सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्…