कर्णालीमा सम्भवत: पहिलो पटक छोरीले बुवाको दाहसंस्कार गरेकी छन्। छायानाथ रारा नगरपालिका वडा नं ५ स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन मुगुमा कार्यालय सहयोगिका रुपमा काम गर्दै आएका वर्ष ४९ का ज्ञानबहादुर बुढाकी १७ वर्षीया छोरी अमदेवी बुढाले देहवशान भएका बुवालाई दागवत्ती दिएकी हुन्। छोरीले बुवाको दाहसंस्कार गरेपछि यहाँका स्थानीयले कर्णालीकै सर्वश्रेष्ठ छोरीको रुपमा उनको चर्चा गरिरहेका…