काठमाडौंसहित मुलुकभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो। काठमाडौं उपत्यकामा दिउँसोपख घाम लागे पनि साँझबिहान चिसो हुने गरेको छ। पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ। त्यसअघिल्लो दिन काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री थियो। अधितम तापक्रम पनि घटेर १९.८ डिग्रीमा सीमित भएको छ। सबैभन्दा…