हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण सुरु भएको छ। लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपदग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ। हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिए। मङ्गलबार हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता भएको हो। रु तीन लाख ६६…