कालिगण्डकी डाइभर्सनको प्रकृया अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै पनि काम नगर्न मंंगलबार आदेश दिएको हो। कालीगण्डकी नदीको बहावको दिशा परिवर्तन गरी रिजर्भवायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरू निकासी गर्ने, शालीग्राम चोरी निकासी तथा विनाश गर्ने जस्ता प्राकृतिक वहाव र पर्यावरणप्रति…