आज उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बैठक बस्दैछ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाबारे छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो। यस अघि थपिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिने भएकोले यसबारे छलफल गर्न सिडिओहरुको बैठक बस्ने भएको हो। अहिले काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारीसाधन चलिरहेका छन्।…