भरतपुर महानगरपालिकाले कृषकहरुलाई अनुदानमा ट्रयाक्टर वितरण गरेको छ । हानगरले कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पुर्याउन ५० प्रतिशत अनुदानमा ट्रयाक्टर उपलब्ध गराएको हो । महानगरले सोमबार छ वटा ट्रयाक्टर र एउटा हाते ट्रयाक्टर किसानलाई वितरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले एक कार्यक्रमका बीच किसानहरुलाई सामग्री हस्तान्तरण गरे…