महानगरले हटायो अनामनगरको सरकारी जग्गामा बनेका टहरा

अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरी काठमाडौँ महानगरपालिकासँग समेत समन्वय नगरी टहरा बनाएर विभिन्न गतिविधि गरेको भन्दै महानगरपालिकाले ती टहरा हटाइदिएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौँ महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको जानकारी दिए। …

Logo