हुम्लाको खार्पुनाथ गाउँपालिका- ३ कारङ्गा गाउँका सात घर परिवार पहिराको उच्च जोखिम बढेसँगै विस्थापित भएका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा सरेका हुन् । गाउँमाथि रहेको माटो र ढुङ्गा खस्न थालेको तथा एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि आफन्तकोमा सरेको हस्तबहादुर शाहीले बताए । गाउँको माथिपट्टीको भिरमा…