कोभिड–१९ को दोस्रो लहर देशभर फैलिएसँगै अक्सिजन सिलिन्डरको हाहाकार छ। यद्यपि, विराटनगर महानगरपालिकाले भने कोभिडका बिरामीलाई आवश्यकता अनुसार घरघरमै अक्सिजन उपलब्ध गराउँदै आएको छ। ‘घरमै मानिसहरूलाई अक्सिजन पुर्याएको सत्य हो। म आफैं यो काममा खटेको छु। तर, कहाँ अक्सिजन लैजाने भन्ने कुरा मैले होइन, हाम्रो मेडिकल टिमले निर्धारण गर्ने हो,’ पराजुलीले भने । ‘अस्पतालमा आवश्यक…