वर्षाको समय सुरु हुनुअगावै बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहाेर व्यवस्थापन गर्न सकिने भएको छ। जेठको दोस्रो सातादेखि काठमाडौँ उपत्यकाको फोहाेर विसर्जन गर्ने गरी काम भइरहेको भए पनि कोभिड–१९ का कारण थप आवश्यक पर्ने कामदार ल्याउन समस्या भएपछि फेरि केही समयको विसर्जन गर्ने समयसीमा पर धकेलिएको हो। यसअघि भएका ८० कामदारले नियमितरूपमा काम गरिरहेका…