कालिकोट जिल्लाको रास्कोट नगरपालिकाकी पानसरा कुमालले दाउरा लिन जङ्गल जाँदा लडेर भाँचिएको आफ्नो बायाँ खुट्टाको उपचार घरमै जडीबुटीबाट गरेको बताइन्। गोली गाँठो नजिक भाँचिएको खुट्टामा उनले अल्लोको जराको लेदो, पैयाँको बोक्रा र बाँसको काप्री लगाएको बताइन्। जाजरकोटको कुशे गाउँपालिका पैंकका विमल आरसीले पनि भलिबल खेल्दा मर्किएको खुट्टामा जडीबुटीको खोटी लगाएको बताए। मर्किएको खुट्टामा उनले घर…