उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परि उपत्यका बाहिरका जिल्लाहरु जाने यात्रुहरुलाई काउण्टरका कर्मचारीहरुले ६ गुणा बढीसम्म भाडा लिई ठगी गर्ने गरेको पाइएको छ। दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न काउण्टरका कर्मचारीहरु नै ट्राफिक प्रहरीको फन्दामा पर्दै आएका छन्। यसले महामारीको अवस्थामा मौकाको फाइदा लिने समूह सक्रिय…