जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य सङ्घले जनकपुरको एक सुन पसलमा प्रहरीले छापा मार्ने क्रममा भएको विवादको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा गैरकानुनी छापा मार्ने क्रममा झडप भएको थियो । त्यस क्रममा सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएकाले घटनाको छानबिन गरी त्यसमा…