नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७५० जना पुगेको छ। आज ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८८ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ। …