झापा ।झापामा हुने अपराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको छ ।कारागारको तथ्याङ्कअनुसार तीन महिलासहित ६० जना विदेशी नागरिक झापामा भएका विभिन्न अपराधका घटनामा संलग्न भएपछि कैद भुक्तान गरिरहेका छन् । अपराधमा संलग्नमध्ये धेरै…