काठमाडौं ।नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।विमानस्थलबाट पक्राउ परेका उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।