म्याग्दी ।हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सोमबार हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । हिमपात र चिसोले तिहारको भाइटीकालाई असर गरेको छ ।मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश भूभागमा हिउँ परेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने मुक्तिनाथ आसपासका क्षेत्रमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् ।…