नवलपरासी ।नगर प्रमुखलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित बर्दघाट नगरपालिकाको सेवा बन्द गरिएको छ । सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो ।नगर प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा रहका कर्मचारी तथा जनप्रतिनिधिको पिसिआर परीक्षण गर्नु पर्ने भएकाले परीक्षण नतिजा नआउँदासम्म…