बैतडी ।सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा सोमबार अपराह्न दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लावड रहेका छन् ।देहीमाण्डौँ–गिरेगडा सडकखण्ड अन्तर्गत सुन्दरखालीमा हिम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए…