बुटवल । भारतीय नम्बर प्लेट जीपको ठक्करबाट एक दम्पत्तिको ज्यान गएको छ । बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा यूपी १४ सीबी ००११ नम्बरको भारतीय जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको ज्यान गएको हो ।दुर्घटनामा परी ज्यान गुमाउनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ३ लालपुरका ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षीया बासमती थारु रहेका छन्…